NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

रास्वपाप्रति ओलीको टिप्प्णी–अमेरिकाको पार्टीको दुरूस्त आकारको घण्टी ल्याइएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह अमेरिकी पार्टीबाट नक्कल गरिएको टिप्पणी गरेका छन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सांसद तथा अध्यक्ष ओलीले आज राष्ट्रिय जनसांस्कृतिक महासंघको बधाई तथा सम्मानको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उक्त पार्टीले याे चुनावमा हासिल गरेकाे मतप्रतिसमेत अध्यक्ष ओलीले शंका गरेका छन् । ‘फ्रिडम पार्टी अफ अमेरिकाको चिन्ह घण्टी छ । दुरूस्त आकारको त्यही फोटो खिचेजस्तै घण्टीको ल्याइएको छ,’ उनले भने, ‘तर, त्यो अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुप्प फुल्यो ? केही त होला ।’

 

 

ताजा अपडेट

नेपालवाच विशेष