बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने – ओली
काठमाडौं । बल प्रयोग गरेर सुकुम्बासी समस्या समाधान नहुने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघले आज गरेको कार्यक्रममा उनले नदी किनारमा छाप्रो बनाएर बसेका सुकुम्बासी शत्रु नभएको भन्दै त्यस अनुसार बल प्रयोग गर्नु गलत भएको बताएका हुन । चुप लागेर खोलाको किनारमा बसेका जनतालाई ठीक लगाएर कुन बहादुरी पाइन्छ ? अध्यक्ष प्रश्न गरेका छन् । अध्यक्ष ओलीले सुकुम्बासीमाथि गरिएको व्यवहार लोकतान्त्रिक आचारण अनुसार नभएको पनि बताएका छन् । हिजो एकीकृत वाग्मती सभ्यता परियोजनाले थापाथलीस्थित वाग्मती किनारमा बसेको सुकुम्बासीहरूलाई हटाउन खोज्दा झडप भएको थियो । काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर हटाउन खोजेपछि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती आज दोस्रो दिन पनि अशान्त बन्यो । उनीहरूले आज सडकमा काठमाडाँै महानगरपालिकाका मेयर बालेन्द्र शाहको विरोध गर्दै प्रर्दशन समेत गरेका थिए ।
ताजा अपडेट
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए
-
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो


प्रतिक्रिया