NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

सुनसरी–४ मा अघि लागे सञ्चार मन्त्री कार्की

काठमाडौं । सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् । कार्कीले नजिकका प्रतिस्पर्धीलाई ३८३ मतले पछि पार्दै अग्रता बनाएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २७ हजार सात सय २० तथा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार जगदीश कुसियैतले २७ हजार तीन सय ३७ मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुनः सुरु भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष