टेबलटेनिसको छनोट नेपालमा हुने
काठमाडौं । विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । प्रतियोगिता आउँदो २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङका र माल्दिभ्स गरी ६ राष्ट्रको सहभागिता रहने छ । भुटान सहभागी नहुने भएको छ । प्रत्येक राष्ट्रबाट ५–५ पुरुष/महिला खेलाडी सहभागी हुने छन् ।
पुरुष/महिला एकल लिग कम नकआउट आधारमा हुनेछ । पुरुष/महिलामा १६–१६ खेलाडी छनोट हुने छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया