मुद्दती निक्षेपमा १ अर्ब ५३ करोड लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब ५३ करोड १५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बैंकको कोषहरुमा रहेको उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको बताउँदै बैंकबाट इजाजत प्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गको बैंक तथा वित्तिय संस्था संघसंस्थालाइ लिन चाहेको रकमका लागि ब्याजदरसहित प्रस्ताव गर्न अनुरोध गरेको छ ।
राष्ट्र बैंकका अनुसार २०७९ पुस १ गतेदेखि २०८० मंसिर ३० गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गरिने भएकाले मंसिर १८ गते राती १२ बजेभित्रमा प्राप्त हुने गरी ब्याजदर प्रस्ताव गर्न बैंकले आह्वान गरेको छ ।
बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब २२ करोड ५३ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा २२ करोड ९७ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७ करोड ६५ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ ।
रकम लगानीका लागि राष्ट्र बैंकले केही सर्तहरू तोकेको छ । जसमा बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्पतीमा २० प्रतिशत वा सो भन्दा सो भन्दा बढी रहेको, आव २०७८/०७९ मा सञ्चालन मुनाफामा (व्यवस्था पछिको) रहेकोलगायतका सर्तहरू छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया