NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउन ३५ दिने सुचना

काठमाडौं । खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिन भित्र खाली गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणले सुचना जारी गरेको छ ।

काठमाण्डौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिका अनाधिकृत संरचना ३५ दिन भित्र खाली गरी सो को जानकारी प्राधिकरणलाई गराउन सुचनामा भनिएको छ ।

तोकिएको मितिमा संरचना नहटाए निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने समेत सुचनामा लेखिएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष