NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित

काठमाडौं । मुलुकको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु-याएबापत वरिष्ठ पत्रकार ध्रुब्रहरी अधिकारीलाई सम्मान गरिएको छ ।

ज्ञानगुन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह र भाषाशास्त्री प्रा डा माधवप्रसाद पोखरेलले उनीहरुलाई ‘रुक्मणिराज सिवाकोटी स्मृति पत्रकारिता सम्मान’ प्रदान गरेका छन् ।

विश्वविख्यात रोयटर्स, बिबिसीलगायत समाचार समिति र दि टाइम्स पत्रिकामा लामो समय काम गर्नुभएका अधिकारीले पत्रकारिता विधामा रही पु¥याउनुभएको योगदान तथा व्यक्तित्वका विषयमा प्रकाशित कृतिसमेत सोही समारोहमा विमोचन गरियो ।

नेपाली साहित्य क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत सोही कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’लाई स्रष्टा सम्मान गरियो । अमेरिकामा रही नेपाली साहित्यको उन्नयनमा निरन्तर पु¥याएमो योगदानको कदरस्वरुप उनलाई सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा इतिहासविद् ज्ञानमणि नेपाल र डा महेशराज पन्त, समाजसेवी स्व रुक्मणिराज सिवाकोटी, पूर्वप्रधानन्यायाधीशद्वय धनेन्द्रबहादुर सिंह र विश्वनाथ उपाध्यय, सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंहलगायत महानुभावको व्यक्तित्व र योगदानका विषय समेटेर प्रकाशित कृति विमोचन गरियो ।

सो अवसरमा प्रा डा पोखरेलले भाषा, साहित्य, न्याय र समाजका अरु विधामा कीर्ति राख्ने र कृति प्रकाशन गरी गौरव राख्ने व्यक्ति नै मृत्युञ्जय हुने गरेको बताए पूर्वन्यायाधीश सिंहले ज्ञानगुन प्रकाशनका संस्थापकले युगमा विरलै हुने आफनोसहित एउटै कार्यक्रममा १२ वटा पुस्तक लोकार्पण गर्ने अवसर प्रदान गरेको भनी धन्यवाद ज्ञापन गरे।

सम्मानित व्यक्तित्व पत्रकार अधिकारी र साहित्यकार गिरी तथा ज्ञानगुन प्रकाशनका संस्थापक शेषराज सिवाकोटीले आ–आफ्नो क्षेत्रबाट देश र समाजका लागि पु¥याएको योगदानबारे भाषाविद् एवं समालोचक शरदच्चन्द्र वस्ती, साहित्यकार प्रमोद प्रधान, साहित्यिक पत्रकार रोचक घिमिरे, सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले प्रकाश पारे । ज्ञानगुन प्रकाशनले समाजका समाजका विभिन्न क्षेत्रमा रही राष्ट्र र जनताको कल्याणका खातिर काम गर्ने व्यक्तिको योगदानबारेमा पुस्तक प्रकाशित गर्दै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष