मधेस प्रदेशकै सुरुङ्गा पहिलो बालविवाहमुक्त नगर
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका आज मधेस प्रदेश र सप्तरीकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा भएको छ ।
मधेस प्रदेशसमा बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाको सबै वडाले बालविवाहमुक्त वडा घोषणाको सूचक पूरा गरेसँगै बालविवाहमुक्त नगर घोषणा गरिएको हो ।
यो सप्तरीको मात्र नभई मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपालिका रहेको नगर प्रमुख गीता चौधरीले बताइन ।
वडालाई बालविवाहमुक्त घोषणा गर्न स्थानीयतहमा बाल अधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बाल अधिकार समिति क्रियाशील रहेको थियो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया