सुनसरी ४ मा फेरि पछि परे सञ्चारमन्त्री
काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ को जारी मतगणनामा सञ्चार मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की पुनः पछाडि परेका छन् । उनलाई एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले झिनो मतले कार्कीलाई उछिनेका हुन् ।
प्राप्त पछिल्लो मतपरिणामअनुसार कुसियैतले २९ हजार ७ सय ९४ मत ल्याउँदा कार्की २९७१२ मतका साथ उनलाई पछ्याइरहेका छन् । यी दुईबीच मात्रै ८८ मतको अन्तर छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २ हजार ९ सय ५२, राप्रपाका विद्यानन्द यादवले २ हजार ८ सय ५५ मत ल्याएका छन् ।
अहिले यहाँ यहाँ मतगणना चलिरहेको छ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया