NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सिद्धार्थ र कियाराको विवाह भंग !

एजेन्सी । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा अड्वानीले जनावरी २०२३ मा विवाह गर्ने खबर बाहिरिएको थियो । तर, डिसेम्बर महिना सुरू भइसक्दासम्म पनि उनीहरू दुवैले हालसम्म विवाहबारे केही पनि घोषणा गरेका छैनन् ।

यसैबीच बलिउड सञ्चारमाध्यमले उनीहरूका नजिकका साथीलाई उद्धृत गर्दै दुवैले जनावरी विवाह नगर्ने समाचार सम्प्रेषण गरेका छन् । ती साथीले बताएअनुसार उनीहरू दुवैले अहिले विवाहको बारेमा केही पनि सोचेका छैनन् । विवाहबारे समाचार सबै हल्लामात्रै भएको उनले बताएका छन् । ‘अहिले कियाराको करियरको राम्रो समय चलिरहेको छ । यस्तो अवस्थामा विवाहले उनको करियरमा ब्रेक लगाउन सक्छ,’ उनले भनेका छन् ।

केही समय पहिला अभिनेता शाहिद कपूर र कियारा कफी विथ करण शोमा पुगेका थिए । त्यहाँ कुराकानीको क्रममा शाहिदले वर्षको अन्तिममा कियारले एक ठूलो ‘अनाउन्समेन्ट’ गर्ने बताउँदै विवाहको ‘हिन्ट’ दिएका थिए । उनले कियाराको उक्त घोषणा कुनै फिल्मसँग सम्बन्धित नहुने पनि बताएका थिए ।

शाहिदको यो बयान पछि नै सिद्धार्थ र कियाराको विवाहबारे समाजिक सञ्जालमा हलचल मच्चिएको थियो ।

यतिबेला कियारा दक्षिण भारतीय अभिनेता राम चरणसँग न्यूजिल्याण्डमा फिल्म ‘आरसी १५’ को सुटिङमा व्यस्त छिन् । सन् २०१४ मा बलिउडमा डेब्यू गरेकी कियाराको पहिलो फिल्म ‘फगली’ थियो । त्यसपछि उनले कबिर सिंह, शेरशाह, भूल भूलैया २, जुग जुग जियोजस्ता सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् ।