बाजुरामा मदिरा बिक्रि वितरण तथा सेवन गर्न नपाईने
बाजुरा । बाजुरामा मतगणना अवधिभर मदिरा बिक्रि वितरण तथा सेवनमा प्रतिबन्ध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराले आज एक सूचना जारी गर्दै मतगणना अवधिभर मदिरा बिक्रि वितरण तथा सेवनमा प्रतिबन्ध गरेको हो । प्रदेश तथा प्रतिनिधि सभा सदश्य निर्वाचन २०७९ को मतगणना अवधिभर मदिरा बिक्रि वितरण तथा सेवन र ओसार प्रसार गर्न नपाईने सूचनामा उल्लेख गरिएको छ ।
आजदेखि बडिमालिका नगरपालिका वडा नं. ८ र ९ क्षेत्रमा पर्ने मार्तडी बजार र आसपासका क्षेत्रमा सम्पूर्ण मतपरिणाम सार्वजनिक नभएसम्म मदिरा प्रतिवन्ध गरीएको सूचनामार्फत् जनाईएको छ ।
यदि कोही कसैले यो सुचनाको अवज्ञा गरी मदिरा ओसार प्रसार तथा बिक्रि वितरण र सेवन गरेको पाईएमा प्रचलित कानुन बमोजिक कारबाही हुने ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ, सूचनामा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया