अतिक्रमित सम्पत्ति खाली गर्दै मेचीनगरपालिका
झापा । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र सार्वजनिक सम्पत्ति उपभोग गर्ने सबैलाई ७ दिन भित्र उक्त क्षेत्र खाली गर्न अनुरोध गरेको छ ।
मंसीर १४ गते एक सुचना जारी गर्दै नगरपालिकाको स्वामित्वमा रहेका सम्पत्ति, सार्वजनकि ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पुर्वाधारको अतिक्रमण गरी उपभोग गरेको भएमा अनधिकृत रुपमा विज्ञापन तथा होडिङ्ग बोर्ड राखेको भएमा, सडक क्षेत्रधिकार मिचि अनधिकृत रुपमा संरचना निर्माण गरी अतिक्रमण गरेको क्षेत्र ७ दिन भित्र खाली गर्न भनेको छ ।
त्यस्तै पालिकाले नगरपालिकाको स्वामित्वमा रहेको संरचना भित्र मादक पदार्थ बिक्री वितरण बन्द गर्न समेत सम्बन्धित सबैमा सुचना जारी गरेको छ । अतिक्रमित क्षेत्र खाली नगरेमा प्रचलित कानुन बमोजिम भइजाने व्यहारा सुचनामा उल्लेख गरेको छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया