माधवको दलले कुन प्रदेशबाट कति मत ल्यायो ?

काठमाडौं । नेकपा समाजवादीका नेता निर्वाचनमा होमिँदै गर्दा निकै आत्मविश्वासी देखिएका थिए । केही नेताले त सार्वजनिक रूपमै एमालेको हाराहारीमा आफ्नो दलले जनमत बटुल्ने दाबी गरेका थिए ।
नतिजामा भने त्यस्तो देखिएन । राष्ट्रिय दल बन्नसमेत यो दललाई निकै सकस परिरहेको देखिन्छ । थ्रेस होल्ड क्रस गर्न तीन लाख र केही हजार मत आवश्यक पर्ने बताइन्छ । तर समानुपातिकतर्फको मतगणना करिब–करिब अन्तिमतिर पुग्दा उसले दुई लाख ९४ हजार ६३ मत मात्र हासिल गरेको छ । पुनः मतदान भएका र विवादले मतगणना रोकिएका स्थानको परिणाम आउन बाँकी रहेकाले समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना अन्त्य भइसकेको भने छैन ।
प्रदेशगत रूपमा समाजवादीले सबैभन्दा धेरै मत मधेसबाट पायो । उसले त्यहाँबाट १ लाख १३ हजार ५५८ मत हासिल गरेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
समाजवादीले दोस्रो धेरै मत बागमती प्रदेशबाट हासिल गरेको छ । उसको पक्षमा यो प्रदेशका ६३ हजार ५४० मतदाताले मत दिएका छन् ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा ४१ हजार ८३९, गण्डकीमा १४ हजार ७०३ र लुम्बिनीमा समाजवादीले ४२ हजार ६२१ मत प्राप्त गरेको छ ।
यो दलले प्रतितिधिसभा र प्रदेशतर्फको प्रत्यक्षमा क्रमशः १० र १४ सिटमा जित निकालेको छ ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया