NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

रविको नागरिकता र राहदानी विवाद प्रहरीको अनुसन्धान घेरामा तानियो

काठमाडौं । चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेविरुद्ध गतहप्ता गृहमन्त्रालयमा उजुरी परेको थियो । लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र नेपाल फर्किएपछि अमेरिकी नागरिकता त्याग गरेपनि नेपाली नागरिकता पुरानै प्रयोग गरेको उनी आरोप छ ।

लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट बनाएको तथ्य मिडियामा सार्वजनिक भएपछि उनले लिएको नागरिकता र राहदानी छानविन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरी परिसर काठमाडौंलाई पत्र पठाएको प्रवत्ता दिनेशराज मैनालीले जानकारी दिए ।

‘जिल्ला प्रशासन कार्यालयलबाट छानविनका लागि पत्र आएको छ’, उनले भने, ‘पत्र प्राप्त भएसँगै अब छानविन प्रकृया अघि बढेको छ ।’
मैनालीले अनुसन्धान प्रकृया पुरा नभएसम्म केही भन्न नमिल्ने मैनालीले बताए ।

नेपालको कानुन अनुसार विदेशी नागरिकता लिँदा नेपालको नागरिकता स्वतः खारेज हुने प्रावधान रहेको छ । रविले विवरण ढाँटेर निर्वाचन आयोगमा दल र आफ्नो उम्मेदवारी दर्ता गरेको आरोप लागेको छ ।

उनको उम्मेदवारी रद्द गर्न उनीविरुद्ध उजुरी परेपनि आयोग आफ्नो क्षेत्राधिकारभित्र नपर्नेभन्दै पन्छिएको थियो । सञ्चारकर्म छाडेर चितवन–२ बाट पहिलोपटक प्रतिनिधिसभा सदस्यमा उठेका उनले सर्वाधिक मतान्तरसहित निर्वाचन जितेका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष