NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बाजुरामा अझै सुचारु हुन सकेन मतगणना

बाजुरा । बाजुराको मतगणनामा दलहरू बिच सर्वसहमति नहुँदा मतगणना अझै सुचारु हुन सकेको छैन । बिहीबार साँझदेखि सुरु भएको मतगणनामा मुचुल्का भन्दा बढी मत भेटिएपछि दलहरु बिच विवाद उत्पन्न भएको हो ।

प्रतिधिसभा सदस्य तर्फको मतगणनाका क्रममा हिमाली गाउँपालिकाको मतदान केन्द्रमा सिलबन्दी गरिएको भन्दा ४० थान मतपत्र बढी देखिएको थियो भने प्रदेश सभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ मा पनि मुचुल्का भन्दा बढी मत देखिएपछि विवाद उत्पन्न भएको हाे ।

दलहरु बिच विवाद समाधान गरेर मत गणना सुचारु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।