बाजुरामा रोकिएको मतगणना पुनः सुरू
बाजुरा । बाजुरामा मत गणनाको क्रममा उत्पन्न विवाद सहमतिमा टुंगिएपछि मतगणना पुनः सुरू गरिएको छ ।
यसअघि मुुचुल्कामा रहेको भन्दा बढी मत पाइएपछि दलका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएको थियो ।
उम्मेदवार तथा दलका प्रतिनिधिहरूको समझदारीमा गणना पुनः सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ४० मत बढी भेटिएको एमालेको आरोप थियो भने प्रदेशसभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ मतदान केन्द्रका पेटिकामा मुुचुुल्काभन्दा ९८ मत बढी पाइएको दाबी काँग्रेस कार्यकर्ताहरूले गरेका थिए ।
निर्वाचनमा खटिएका कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा फरक पर्न गएको निष्कर्षमा समझदारी भएको हो ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया