ब्राजिललाई हराएर पनि बाहिरियो क्यामरुन
काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘जी’को अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् ।
कतारमा गएराति सम्पन्न खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तर पराजित भयो । खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए । यद्यपि, क्यामरुनका लागि यो जीत अन्तिम १६ मा पुग्नका लागि पर्याप्त भएन ।
आज भएको दोस्रो खेलमा स्वीजरल्याण्डले सर्वियालाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भयो । स्वीजरल्याण्डका लागि जेहेर्दान साकिरीले २०औं मिनेटमा गोल गर्र्दै अग्रता दिलाए भने सर्वियाका लागि एलेक्जेनडर मितरोभिकले २६औं मिनेटमा गोल गर्र्दै खेललाई बराबरीमा ल्याए ।
साथै, ३५औं मिनेटमा सर्बियाका लागि दुसान भोल्होभिकले गोल गर्दै २–१ गोल अन्तरले सर्बियालाई अग्रता दिलाए पनि स्वीजरल्याण्डका लागि खेलको ४८औं मिनेटमा ब्रिल एम्बोलो र रेमो फ्रेउलेरले क्रमशः ४४औं र ४८औं मिनेटमा गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र स्वीजरल्याण्ड जीतसँगै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया