NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बालेनमाथि चौतर्फी घेराबन्दी भो, स्वतन्त्रहरू अब एक होऔं : मेयर हर्क

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्कराज राईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि चौतर्फी घेराबन्दी गरिएको भन्दै  त्यसको  कडा आलोचना गरेका छन् ।

थापाथलीको बागमती नदी किनारमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गरिरहेकालाई हटाउने महानगरको निर्णयपछि बालेनमाथि चौतर्फी आक्रमण भइरहेका बेला राई बालेनको पक्षमा खुलेका हुन् । उनले बालेनमाथि अहिले भइरहेको घेराबन्दीलाई निन्दनीय भएको टिप्पणी गरेका छन् ।

‘स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ । यो बेला अरूले साथ देऊन्, नदेऊन् तर मेरो साथ रहनेछ,’ राईले सामाजिक सञ्जालमा लेखेका छन् ।

राईले स्वतन्त्र उम्मेदवारी दिएर विजयी जनप्रतिनिधि एक हुने बेला आएको समेत बताएका छन् ।

‘कथाले माग्यो, अब स्वतन्त्रहरु एक बन्ने बेला आएको छ,’ हर्कको भनाइ छ ।

स्थानीय तहको निर्वाचनमा विजयी भएको केही समयपछि हर्क बालेनको चर्को आलोचकका रूपमा देखिएका थिए । फोहोर व्यवस्थापनको विषयमा बालेनको उछितो काडेपछि सामाजिक सञ्जालमा हर्कप्रति नकारात्मक टिप्पणी ओइरिएका थिए । तर पछिल्लो समय मेयर हर्क बालेनप्रति निकै नरम देखिएका छन् ।

अमेरिकी राजदूतलाई बालेनले भने–तपाईंको सहयोग चाहिँदैन, बरू अमेरिकामा हामी मन्दिर बनाइदिन्छौं