NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

दोलखा अपडेट : माओवादी उम्मेदवारसँगको मतान्तर घटाउँदै एमाले उम्मेदवार

काठमाडौं । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गंगा कार्कीले अग्रता यथावत् राख्दै नजिकका प्रतिस्पर्धीलाई लगातार पछाडि पारेका छन् ।

१६ हजार १९४ मतगणना सम्पन्न हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले सात हजार सात सय नौ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटी छ हजार सात सय मतका साथ उनलाई पछ्याइरहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

उनीहरूबीच एक हजार ९ मतको अन्तर छ । मतगणनाका क्रममा कार्कीले शिवकोटीमाथि झण्डै दुई हजारसम्मको अग्रता कायम गरेका भए पनि अहिले त्यो कम हुँदै एक हजारमा झरेको छ ।

दोलखाको प्रदेशसभा (१) मा १३ हजार पाँच सय सात मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले छ हजार चार सय ७४ मत तथा एमालेका नरबहादुर श्रेष्ठले पाँच हजार तीन सय १९ मत ल्याएका छन् ।  उनीहरूबीच एक हजार ९ मतको अन्तर छ । मतगणनाका क्रममा कार्कीले शिवकोटीमाथि झण्डै दुई हजारसम्मको अग्रता बनाएका भए पनि त्यो कम हुँदै गएको छ ।

प्रदेशसभा (२) मा १७ हजार चार सय ३१ मतगणना हुँदा एमालेका भरत केसीले सात हजार नौ सय सात र कांग्रेसका बर्मा लामाले सात हजार तीन सय ७३ मत प्राप्त गरेका छन् । दोलखामा कूल ८५ हजार नौ सय ७८ मत खसेको थियो ।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।