NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

पेट्रोलियम पदार्थतको मूल्यमा परिवर्तन नहुने

काठमाडौं । नेपाल आयल निगमले हाललाई पेट्रोलियम पदार्थतको मूल्यमा कुनै परिवर्तन नगर्ने जनाएको छ ।

आयोगले गयराति प्रेस विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि अझै चुनौतिपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको जनाएको हो ।

विज्ञप्तिमा आगामी १५ दिनमा निगमलाई करिब ५८ करोड रुपैयाँ नाफा हुने उल्लेख छ । तर, भारतीय आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतिपूर्ण अवस्था रहेकाले मूल्य यथावत राखिएको उल्लेख गरिएको छ ।

निगमका अनुसार हिजो प्राप्त नयाँ मूल्य सूचीअनुसार एलपी ग्याँसमा प्रति सिलिन्डर ४३ दशमलव ९३ रुपैयाँले बढेर आएको छ । डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य भने घटेको छ । निगमले अझै नेपाल सरकारलाई २७ अर्ब तिर्न बाँकी रहेको विज्ञप्तिमा उल्लेख छ ।