हस्तकला व्यापार मेला काठमाडौंमा हुँदै
काठमाडौं । नेपाल हस्तकला महासङ्घले यही मङ्सिर २३ देखि २७ गतेसम्म १९ औँ हस्तकला व्यापार मेला काठमाडौँमा गर्ने भएको छ । हस्तकला क्षेत्रको विकास तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको हो ।
काठमाडौँ उपत्यकालगायत विभिन्न १७ जिल्लाबाट व्यवसायी तथा कालीगढको मेलामा सहभागिता हुने जनाइएको छ ।
धातुकला, मूर्तिकला, वास्तुकला, काष्ठकलाबाट निर्मित विभिन्न वस्तुको प्रदर्शनीका साथै हस्तकलासम्बन्धी प्रतियोगितासमेत गराइने मेलामा उत्कृष्ट प्रतियोगी छनोट तथा पुरस्कृत गरिने संयोजक डिल्लीरत्न तुलाधरले जानकारी दिए ।
प्रविधिको विकाससँगै नेपाली मौलिक तथा परम्परागत कला लोपोन्मुख बन्दै गएको अहिलेको अवस्थामा ती कला, संस्कृतिको संरक्षण गर्न देशभर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए ।
हस्तकलाकाका विभिन्न वस्तु तथा गरगहनालगायत सामग्रीको माग विदेशमा बढेकाले परराष्ट्र मन्त्रालयमार्फत विदेशी दूतावास तथा नियोगमा पत्राचार गरी कूटनीतिज्ञलाई मेलामा सहभागी हुन आमन्त्रण गरिने आयोजकले जनाएको छ ।
काठमाडौँका विभिन्न ठाउँबाट प्रदर्शनीस्थल बौद्धस्थित ह्यात होटलसम्म निःशुल्क साझा बस सञ्चालनका लागि गृहकार्य भइरहेको जनाइएको छ । मेलामा करिब एक सय ५० बिक्री कक्ष रहने जनाइएको छ ।
ताजा अपडेट
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
-
काठमाडौँ महानगरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार
-
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा
-
६ सचिवको सरुवा, पर्यटन, शिक्षा र कृषि सचिव फेरिए
प्रतिक्रिया