लुम्बिनी प्रदेश १९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा
काठमाडाैं । लुम्बिनी प्रदेश १९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा मधेश प्रदेशलाई ५८ रनले पराजित गर्दै लुम्बिनी फाइनल पुगेको हो । लुम्बिनीले दिएको २ सय २३ को लक्ष्य मधेसले भेट्टाउन सकेन ।
मधेश ४५ दशमलव ४ ओभरमा १ सय ६४ रनमा अलआउट भयो । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २२ रन बनाएको थियो ।
जितसँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको छ । अब पर्सि सोमबार उपाधिको लागि लुम्बिनीले सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ । प्रतियोगितामा सातै प्रदेशको सहभागिता छ ।
विजेताले २ लाख नगद र उपविजेताले १ लाख पाउने छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया