अपाङ्गता भएका व्यक्तिको विषयमा सरकार संवेदनशील बन्नुपर्छ :मन्त्री रेग्मी
काठमाडौं । अपाङ्गता भएका व्यक्तिको सवालमा तीनवटै सरकार संवेदनशील बन्नुपर्ने कुरामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जोड दिएकी छन् ।
अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग कोषले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अपाङ्गता भएका व्यक्तिको सवालमा तीन तहकै सरकार संवेदनशील बनेर काम गर्न जरुरी रहेको बताएकी हुन् ।
“दुर्गम क्षेत्रमा शारीरिक अशक्त भएर बसेका व्यक्तिको सेवा प्रवाहमा स्थानीय सरकार बढी जिम्मेवार र संवेदनशील बन्न आवश्यक छ”, उनले भनिन् । सङ्घीय सरकार र प्रदेश सरकारले पनि अपाङ्गता भएका व्यक्तिहरूको सवालमा बजेट छुट्याएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री रेग्मीले स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरूको सेवा, सुविधामा ध्यान नदिएको गुनासो आएको भन्दै मन्त्रालय गम्भीर बनेको बताइन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया