स्याङ्जा २ मा कांग्रेसका गुरुङको जित

स्याङ्जा । स्याङ्जा २ मा नेपाली काँग्रेसका उम्मेदवार धनराज गुरुङ विजयी भएका छन् ।
शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४ सय ६६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार पद्मा अर्यालले २५ हजार ८ सय ३९ मत प्राप्त गरिन ।
धनराजले पद्मालाई ५ हजार ६ सय २७ मतको अन्तरले हराउँदै जित आफ्नो हातमा पारेका हुन ।
प्रतिक्रिया