दोलखा अपडेट : गठबन्धन उम्मेदवारलाई एमाले उम्मेदवारले पछि पारे
काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार चार सय ८१ मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १५ हजार तीन सय ६३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले १४ हजार ३८ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
दोलखाको प्रदेशसभा–१ मा गठबन्धन अगाडि देखिएको छ भने २ मा एमाले अगाडि छ । प्रदेशसभा–१ मा २९ हजार चार सय ९३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १४ हजार सात सय ५९ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ११ हजार पाँच सय १७ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा–२ मा ३० हजार तीन मतगणना हुँदा एमालेका भरत केसीले १६ हजार तीन सय ३७ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका बर्मा लामाले १२ हजार ५८ मतका साथ पछ्याइरहेका छन् ।
जिल्लामा समानुपातिकतर्फ २३ हजार छ सय १६ मतगणना गर्दा एमालेले नौ हजार तीन सय ३७३, कांग्रेसले सात हजार ४३ र माओवादी केन्द्रले तीन हजार दुई सय ४७ मत पाएका छन् । दोलखामा कुल ८५ हजार तीन सय ८८ मत खसेको थियोे ।
जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया