गोकुल बाँस्कोटाको निवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाको निवासमा शंकास्पद वस्तु फेला परेको छ ।
बाँस्कोटाको भक्तपुरको लोकन्थलीस्थित निवासको पेटीमा आइतबार बिहान शंकास्पद वस्तु भेटिएको हो ।
प्रेसर कुकुर बमजस्तो शंकास्पद वस्तु फेला परेपछि प्रहरी टोली त्यहाँ पुगेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको जनाएको छ ।
प्रतिक्रिया