NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

बाजुरामा एमालेका कर्ण थापा पराजित, पाण्डेले मारे बाजी

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

एमाले सुदूरपश्चिम प्रदेश सहइन्चार्जसमेत रहेका प्रभावशाली उम्मेदवार कर्णबहादुर थापालाई हराउँदै कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका हुन् ।

पाण्डेले ३१ हजार ७ सय ८६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी थापाले २६ हजार ३४९ मत पाए । थापा ५ हजार ४३७ मतान्तरले पराजित भएका हुन् ।

मंसिर ४ मा भएको निर्वाचनमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाउँदै एमालेले पुनः मतदान गर्न माग राख्दै निर्वाचन आयोगमा उजुरी गरेका थिए ।

उजुरी पछि आयोगका टोलीले स्थलगत रिर्पोटिङ पछि पुनः मतदान गर्न नपर्ने गरी मतगणन अगाडि बढाउन निर्देशन दिएको थियो । यहाँ निर्वाचन भएको ११ दिनपछि मतगणना भएको हो । पाण्डेको जितसँगै कांग्रेसकाे ५७ सिट पुगेको छ ।