तीन एकदिवसीय क्रिकेट सिरिज : विराटले तोड्न सक्छन् संगकाराको त्यो कीर्तिमान

काठमाडौं । भारत र बंगलादेशबीचको तीन एकदिवसीय सिरिजको पहिलो खेल आइतबार मिरपुरमा हुँदैछ । भारतीय टोलीले ७ वर्षपछि बंगलादेशसँग एकदिवसीय खेल खेल्दैछ । भारतले पछिल्लो पटक सन् २०१५ मा यहाँ एकदिवसीय खेल खेलेको थियो ।
यस ढाँचाको विश्वकप आगामी वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुने भएको छ । यसको तयारीका लागि भारतले शृङ्खलामा आफ्नो पूर्ण बलियो टोली मैदानमा उतारेको छ ।
भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले यस खेलमा श्रीलंकाका पूर्व दिग्गज कुमार संगकाराको रेकर्ड तोड्न सक्छन्।
भारतीय टिम रोहित शर्माको कप्तानीमा मैदान उत्रँदैछ ।
यदि विराटले यस इनिङ्समा ७६ रन बनाए भने उनी बंगलादेशमा विदेशी ब्याट्सम्यानले ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडी बन्नेछन्। अहिले यो कीर्तिमान संगकाराको नाममा छ
डिसेम्बर महिनामा ढाका, मिरपुरमा धेरै कुहिरो हुन्छ। यो आइतबार पनि हुनेछ। यद्यपि, फ्लडलाइटको उपस्थितिमा यो समस्या हुनु हुँदैन। वर्षाको सम्भावना शून्य छ। खेल अवधिभर अधिकतम तापक्रम ३० डिग्री सेल्सियस र न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । शीतको न्यूनतम प्रभावका कारण खेल बिहान ११ः३० बजे सुरु हुँदैछ ।
खेल मिरपुरस्थित शेर–ए–बंगला राष्ट्रिय रंगशालामा हुनेछ । मे २०२१ पछि पहिलो पटक यहाँ एकदिवसीय खेल हुँदैछ। अहिलेसम्म पहिले ब्याटिङ गर्ने टोलीले १२ पटक ३००ं रन बनाएको छ । यस मैदानमा एकदिवसीयमा सबैभन्दा ठूलो स्कोर बनाउने कीर्तिमान टीम इन्डियाको नाममा छ। सन् २०११ को विश्वकपमा भारतले यहाँ ३७० प्लस रन बनाएको थियो।
भारत र बंगलादेशबीच यहाँ अहिलेसम्म १३ ओडिआई खेलिएको छ । जसमध्ये ९ खेलमा भारतले जित हासिल गरेको छ । बंगलादेशले ३ खेल जितेको छ । जसमा १ खेल निर्णायक रह्यो। बंगलादेशमा यी दुई टोलीबीच हालसम्म २२ ओडिआई खेलिएको छ । भारतले १७ र बंगलादेशले ४ खेल जितेका छन्
यहाँ पहिले ब्याटिङ गर्ने टोलीले ५३ खेल जितेको छ । ५९ खेल ब्याटिङ पछि गरेका टिमले जितेका छन् । १ खेल भने निष्कर्षविहीन बन्यो । यस मैदानमा टसले खासै प्रभाव पार्दैन भन्ने कुरा यी तथ्यांकबाट स्पष्ट हुन्छ । पछि ब्याटिङ गर्ने टिमको पक्षमा अलि कति फाइदा हुन्छ ।
भारतका पूर्व कप्तान विराट कोहली बंगलादेशको भूमिमा एकदिवसीय क्रिकेटमा दोस्रो सबैभन्दा सफल विदेशी ब्याट्सम्यान हुन्। विराटले बंगलादेशमा ५० ओभरको क्रिकेटमा १६ खेलमा ८०.८३ को औसतमा ९७० रन बनाएका छन् । जसमा ५ शतक र ३ अर्धशतक समावेश छ ।
यदि विराटले यस इनिङ्समा ७६ रन बनाए भने उनी बंगलादेशमा विदेशी ब्याट्सम्यानले ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडी बन्नेछन्। अहिले यो कीर्तिमान संगकाराको नाममा छ । संगकाराले यो देशमा २१ ओडिआई खेलेका छन् र ५२.२५ को औसतमा १०४५ रन बनाएका छन् । जसमा ३ शतक सामेल छन् ।
बंगलादेशी ब्याट्सम्यानमध्ये तमिम इकबालले सबैभन्दा धेरै रन बनाएका छन् । तमिमले आफ्नो देशमा १०७ एकदिवसीय खेलमा ३८.४१ को औसतमा ३८४१ रन बनाएका छन् । जसमा ७ शतक सामेल छन् ।
भारत र बंगलादेशबीचको एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीमा विराट कोहलीको नाम शीर्ष स्थानमा छ । उनले बंगलादेशविरुद्ध १२ खेलमा ६८० रन बनाएका थिए । भारतका कप्तान रोहित शर्माले १३ खेलमा ६६० रन बनाएका छन् भने गौतम गम्भीरले ११ खेलमा ५९२ रन बनाएका छन् ।
बंगलादेशः लिटन दास (कप्तान), अनामुल हक, शकिब अल हसन, मुशफिकुर रहिम, महमुदुल्लाह, अफिफ हुसेन, यासिर अली, मेहदी हसन मिराज, हसन महमूद, मुस्ताफिजुर रहमान र इबादत हुसेन।
भारत : रोहित शर्मा (कप्तान), शिखर धवन, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, ऋषभ पन्त, वाशिंगटन सुन्दर, अक्षर पटेल, शार्दुल ठाकुर, दीपक चाहर र मोहम्मद सिराज।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया