गुजरातमा विधानसभा दोस्रो चरणको निर्वाचनको लागि मतदान शुरु

गुजरात । गुजरात विधानसभा चुनावको दोस्रो तथा अन्तिम चरणअन्तर्गत उत्तर र मध्य गुजरातका १४ जिल्लाका ९३ विधानसभा निर्वाचन क्षेत्रमा सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ ।
गुजरातमा दोस्रो चरणको चुनावमा ६१ दलका ८३३ उम्मेदवार चुनावी मैदानमा छन्, जसको भाग्यको फैसला दुई करोड ५१ लाखभन्दा बढी मतदाताले गर्नेछन् ।
निर्वाचन आयोगले आजको मतदानका लागि २६ हजार ४ ०९ मतदान केन्द्र स्थापना गरेको छ । यहाँ मतदानका लागि करिब ३६ हजार ‘इलेक्ट्रोनिक भोटिङ मेसिन (इभीएम)’ प्रयोग गरिनेछ ।
निर्वाचनका लागि १४ जिल्लामा करिब २९ हजार मतदान अधिकृत र ८४ हजारभन्दा बढी मतदान अधिकृत परिचालन गरिएको छ ।गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीका अनुसार कुल २६ हजार ४०९ मतदान केन्द्र तोकिएको छ ।
भारतीले भने, ‘दोस्रो चरणमा १३ हजार ३१९ मतदान केन्द्रमा ‘वेबकास्टिङ’ हुनेछ । मतदानमा कूल दुई करोड ५१ लाख ५८ हजार ७३० मतदाता रहेका छन् । यसमध्ये एक करोड २९ लाख २६ हजार ५०१ पुरुष, एक करोड २२ लाख ३१ हजार ३३५ महिला र ८९४ तेस्रो लिङ्गी मतदाता रहेका छन् ।’
दोस्रो चरणमा अहमदाबाद, गान्धीनगर, मेहसाणा, पाटन, बनासकाण्ठा, साबरकाण्ठा, अरावली, महिसागर, पञ्चमहल, दाहोद, वडोदरा, आनन्द, खेड़ा र छोटा उदयपुर जिल्लाका ९३ सिटमा मतदान हुँदैछ ।
गुजरातको अन्तिम चरणको मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल, इसुदन गढवी, गुजरात काङ्ग्रेसका अध्यक्ष जगदीश ठाकोर, क्रिकेटर इरफान पठान, हार्दिक पाण्डेय र क्रुणाल पाण्डेयले मतदान गर्नेछन् ।
डिसेम्बर १ मा भएको पहिलो चरणको मतदानमा गुजरातमा ६३.१४ प्रतिशत मतदान भएको थियो । कच्छ, सौराष्ट्र र दक्षिण गुजरात क्षेत्रका १९ जिल्लाका ८९ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको तर नतिजा दुबै चरणको एकै पटक डिसेम्बर ८ मा घोषणा गरिने बताइएको छ । हिमाचल प्रदेश विधानसभा चुनावको परिणाम पनि सोही दिन घोषणा हुनेछ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया