NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

स्विट्जरल्याण्डविरुद्ध पोर्चुगल : मेस्सी र एम्बाप्पेजस्तै चम्कन चाहन्छन् रोनाल्डो

काठमाडौं । जारी कतार विश्वकपको राउण्ड अफ १६ अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल मोरक्को र स्पेनबीच हुनेछ भने दोस्रो खेलमा स्विट्जरल्याण्डले पोर्चुगलको सामना गर्दैछ ।

यी चार वटै देश नकआउट चरण पार गरेर क्वाटरफाइनल पुग्ने ध्याउन्नमा छ । जसमा स्पेन र रोनाल्डोको पोर्चुगल तुलनात्मक रूपमा बलिया छन् । यी टिम उपाधिकै दाबेदार हुन् ।

समूह चरणमा मोरक्कोले विश्व नम्बर दुई बेल्जियमलाई पराजित गरेको थियो । अंक तालिकाको शीर्ष स्थानमा मोरक्को थियो ।

मोरक्कोले गत विश्वकपको समूह चरणमा सन् २०१० को च्याम्पियन स्पेनसँग २–२ को बराबरी खेलेको थियो। फिफा वरियतामा सातौं स्थानमा रहेको स्पेनले २२ औं स्थानमा रहेको मोरक्कोलाई अब हल्का रूपमा लिन चाहँदैन।

मोरक्को सन् १९८६ पछि पहिलो पटक प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् १९८६ मा मोरक्को जर्मनीसँग ०–१ को अन्तरले पराजित भएको थियो। यो टोली अझै अन्तिम आठमा पुग्न सकेको छैन । यस पटक मोरक्को अन्तिम आठमा पुग्न चाहन्छ । समूह चरणमा मोरक्कोले बेल्जियमलाई २–० र क्यानडालाई २–१ ले हराएको थियो ।

यससँगै क्रोएसियासँग ०–० को बराबरी खेलेको छ । स्पेन समूह चरणमा जापानसँग १–२ को अन्तरले पराजित भएको थियो । यो टोली लगातारको सिलसिला अन्त्य गर्न चाहन्छ र जितसँगै क्वार्टरफाइनलमा पुग्ने प्रयास गर्नेछ।

स्पेनिस टोलीले फिफा विश्वकपमा कुल ६ वटा सेमिफाइनल खेलेको छ । मोरक्को र स्पेनबीच कुल तीन खेल भइसकेका छन् । यीमध्ये दुई खेलमा स्पेनले जित निकालेको छ भने एक बराबरीमा टुंगिएको छ ।

मोरक्कोले पछिल्लो पाँच खेलमध्ये तीनमा जित निकालेको छ भने दुई खेल बराबरीमा टुंगिएको छ। यो टोली आफ्नो अटुट यात्रा जारी राख्न चाहन्छ। मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेल्दै विश्वकप यात्रा सुरु गरेको छ । पहिलो खेल बराबरीमा सकिएपछि टोलीले बेल्जियमलाई २–० ले र तेस्रो खेलमा क्यानडालाई २–१ ले हराएर अंक तालिकाको शीर्ष स्थानमा पुग्यो ।

स्पेनले पछिल्लो पाँच खेलमध्ये तीनमा जित निकालेको छ । एक खेल बराबरीमा सकिएको थियो भने एक खेलमा हार बेहोरेको थियो । फिफा विश्वकप २०२२ मा स्पेनले आफ्नो पहिलो खेलमा कोस्टारिकालाई ७–० को ठूलो अन्तरले पराजित गरेको थियो। यहाँबाट यो टोली नकआउटको प्रबल दाबेदार बनेको छ । दोस्रो खेलमा स्पेनले जर्मनीसँग १–१ गोलको बराबरी खेलेको थियो भने तेस्रो खेलमा जापानले १–२ गोलले पराजित भएको थियो ।

पहिलो खेलमा गरेको दमदार प्रदर्शनका कारण यो टोली नकआउट चरणमा पुग्ने निश्चित भए पनि अब स्पेनिस टोली जित दर्ता गर्दै लय कायम गर्न चाहन्छ ।

मेस्सी, एमबाप्पेजस्तै चम्कन चाहन्छन् रोनाल्डो

फिफा विश्वकपमा आज दोस्रो खेल पोर्चुगल र स्वीट्जरल्याण्डबीच हुँदैछ । पोर्चुगलका लागि आज ११८ गोल गरेका रोनाल्डो ठूला खेलाडी हुन् र मेस्सी र एमबाप्पेजस्ता ठूला खेलाडीहरू जस्तै चम्कन चाहन्छन् । तर, उनीहरुका लागि यो सहज हुनेछैन । उसले आफ्नो पाँचौं विश्वकप खेल्दै छ तर नकआउट खेलमा गोल गर्न सकेको छैन।

पोर्चुगल र स्वीट्जरल्याण्डबीच हालसम्म १० खेल भइसकेका छन् । जसमध्ये दुई खेल स्वीट्जरल्याण्ड र तीन खेल पोर्चुगलले जितेको छ । योसँगै पाँच खेल बराबरीमा सकिएको छ ।

फिफा वरीयतामा नवौं स्थानमा रहेको पोर्चुगल १५ औँ वरियताको स्विट्जरल्याण्डसँग सावधान रहन चाहन्छ । यससँगै सन् १९५४ पछि पहिलो पटक स्वीस टोली अन्तिम आठमा पुग्ने लक्ष्यसहित प्रवेश गर्नेछ ।

केलिन एमबाप्पे यो विश्वकपमा सर्वाधिक गोलकर्ता हुन् । लियोनेल मेस्सीले सानदार खेल र गोल गरेर फ्यानहरूलाई मोहित तुल्याइरहेका छन्। योसँगै तेस्रो सुपरस्टार क्रिष्टियानो रोनाल्डोले पनि अपेक्षा गरे जति चम्कन सकेका छैनन् । पानाविरुद्धको पहिलो लिग खेलमा पेनाल्टीमा गोल गरे पनि विश्वकपमा पाँच गोलको कीर्तिमान बनाए ।

पोर्चुगलको टोलीले मंगलबार अन्तिम १६ मा स्विट्जरल्याण्डको सामना गर्दा यस खेलमा रोनाल्डोबाट चमत्कारको आशा गरेको छ ।

आफ्नो पाँचौं विश्वकप खेल्दै आएका रोनाल्डोले नकआउट चरणमा अहिलेसम्म एक गोल पनि गरेका छैनन् । आफ्नो अन्तिम विश्वकप खेलिरहेका रोनाल्डोले नकआउटमा गोल नगरेको दाग पनि मेटाउन चाहन्छन् । पाँच पटक विश्व वर्ष खेलाडीको अवार्ड जितेका रोनाल्डोको टोलीलाई स्विट्जरल्याण्डलाई रोक्न कठिन चुनौती हुनेछ । विश्वकप इतिहासमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

दुवै टोलीको यात्रा

पोर्चुगलले पछिल्ला पाँच खेलमध्ये चार जितेको छ तर दुईमा हार बेहोरेको छ। यो टोली अन्तिम खेलमा पराजय भोगेर जित निकाल्न चाहन्छ । फिफा विश्वकपमा पोर्चुगलले पहिलो खेलमा घानालाई ३–२ को अन्तरले पराजित गरेको थियो ।

यससँगै दोस्रो खेलमा उरुग्वेलाई २–० ले पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ ।