मेयर डोजर लिएर सडकमा निस्किएपछि
सुनसरी । इनरुवा नगरपालिकाले अतिक्रमण गरिएको सडकपेटी खाली गर्न सुरु गरेको छ ।
पटक पटकको सार्वजनिक सूचना अटेर गरिएपछि इनरुवा नगपालिकाको कार्यालयले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन थालेको हो ।
३५ दिने र अन्तिम पटकको ३ दिन सूचना जारी गर्दा समेत सडकपेटी खाली नगरिएपछि स्वयं नगर प्रमुख केदार भण्डारी डोजर लिएर सडकमा निस्किएका छन् ।
नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका हुन ।
व्यापारी र केही स्थानीयको अवरोधका बाबजुत नगरपालिकाको टोलीले अतिक्रमण गरिएको सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको हो ।
पटक पटकको सुचनालाई व्यापारीले वेवास्ता गरे पछि आफैँ एक्सनमा उत्रन बाध्य भएको नगर प्रमुख केदार भण्डारीले बताए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया