मेयर डोजर लिएर सडकमा निस्किएपछि
सुनसरी । इनरुवा नगरपालिकाले अतिक्रमण गरिएको सडकपेटी खाली गर्न सुरु गरेको छ ।
पटक पटकको सार्वजनिक सूचना अटेर गरिएपछि इनरुवा नगपालिकाको कार्यालयले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन थालेको हो ।
३५ दिने र अन्तिम पटकको ३ दिन सूचना जारी गर्दा समेत सडकपेटी खाली नगरिएपछि स्वयं नगर प्रमुख केदार भण्डारी डोजर लिएर सडकमा निस्किएका छन् ।
नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका हुन ।
व्यापारी र केही स्थानीयको अवरोधका बाबजुत नगरपालिकाको टोलीले अतिक्रमण गरिएको सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको हो ।
पटक पटकको सुचनालाई व्यापारीले वेवास्ता गरे पछि आफैँ एक्सनमा उत्रन बाध्य भएको नगर प्रमुख केदार भण्डारीले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया