NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

अफगानिस्तानमा बम विस्फोट : सात कर्मचारी मारिए

एजेन्सी । अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा मङ्गलबार सरकारी कर्मचारी चढेको एक बसमा विस्फोट हुँदा सात कर्मचारीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम कुल्चँदा उक्त हताहति भएको हो ।

यसैबीच, नाम उल्लेख गर्न नचाहने एकजना प्रत्यक्षदर्शीले मृतकको सङ्ख्या पुष्टि गरिएको भन्दा बढी हुन सक्ने बताएका छन् । विष्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष