NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

नक्कली सुकुमबासीलाई कारबाहीको माग गर्दै महानगर अगाडि प्रदर्शन

काठमाडाैं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ ।

उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै नक्कली सुकुमबासीलाई कारबाहीको माग गरेका छन् ।

समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षण पत्रसमेत बुझाएको छ ।

पत्रमा सुकुमबासीहरूको बसोबासले संगै रहेको खोलाको प्रदुषण, राजधानीको साैन्दर्यमा समेत प्रतिकुल असर परेको र तिनीहरूको अस्तव्यस्त बसोबासले अनेक राजनैतिक, सामाजिक विकृति विसंगति उत्पन्न भएको उल्लेख गरेको छ ।

फोटो : सामाजिक सञ्जाल