NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

बिहे भोज खाएर १ सय ५० भन्दा बढी बिरामी

पाल्पा । पाल्पामा बिहेभोज खाएर बिरामी पर्नेको संख्या १ सय ५० भन्दा बढी पुगेको छ ।

पाल्पाको चिर्तुङधारा घोरबन्दाको सिंगो बस्ती नै बिरामी परेको हो । भाेज खान गएका बस्तीका अधिकांश बिरामीमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वान्ता आउने लगायतका समस्याहरू देखिएका छन् ।

शनिबार एक बिहेमा भोज खाएर फर्किएपछि  उनिहरूमा शनिबार रातिबाट उक्त समस्या देखिएकाे हाे ।

अहिले बगनासकाली गाउँपालिकाले  गाउँमै स्वास्थ्यकर्मीहरूको टोली पठाएर उपचार गराइरहेको छ भने अलि जटिल बिरामी देखिएकाहरू तानसेनका अस्पतालहरूमा पठाइएको छ ।