सानिमा बैंकको मोबाइल बैंकिङ योजना, १८ जना जोडीले सौराहा भ्रमण गर्ने अवसर
काठमाडाैं । सानिमा बैंकले २०७९ मंसिर २१ गते १८ औं वार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा सानिमा बैंकले F1 Soft संग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि मोबाइल बैंकिङ योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्नेछन् । भ्रमणका लागि योग्य हुन ग्राहकहरुले मोबाइल बैंकिङबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने हुन्छ । उक्त कारोबारहरु २०० रूपैयाँभन्दा बढि र कम्तिमा एउटा टपअप समावेश हुनुपर्नेछ । ग्राहकहरुले मोबाइल बैंकिङ एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्ट, आदि जस्ता कारोबारहरु गर्न सक्नेछन् । यो योजना २०७९ मंसिर २१ देखि पौष ९ गतेसम्म १८ दिनका लागू हुनेछ । योजना अवधि भर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङमार्फत् गरेका कारोबारहरुलाई समावेश गरिने छ ।
यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया