NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सानिमा बैंकको १८ सुविधासहितको ‘जेनेरेशन सानिमा सेभिङ खाता’, यस्ता छन् विशेषता

काठमाडाैं । सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुबिधा सहितको जेनेरेशन सानिमा सेभिङ खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता १८ वर्ष भन्दा माथिका युवा वर्गहरुलाई लक्षित गरी ल्याइएको बचत खाता हो ।

शून्य मौजदातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, इ–कम कार्ड-पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो शेयर निःशुल्क जारी गरिनेछ । साथै, बैंकले निःशुल्क भेरिफाइड बाइ भिसा दर्ता, निःशुल्क सिआस्वा आवेदन, देशभरीका भिसा नेटवर्क एटिएममा मासिक ३ निःशुल्क रकम झिक्न सकिने र निःशुल्क इ-स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको छ । यसका साथै विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम/छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरुको सेवा शुल्कमा ०.२५ प्रतिशत छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८ प्रतिशत छुट, स्विफ्ट र डिमान्ड ड्राफ्टको शुल्कमा १८ प्रतिशत छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८ प्रतिशत छुट दिने व्यवस्था ल्याएको छ ।

यस खाताले युवा वर्गहरु बीच बचत गर्ने बानी र डिजिटल बैंकिङ्गको प्रयोगलाई बढावा दिने बैंकको विश्वास रहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा एटिएम. संजालहरु संचालनमा रहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष