गाडी, मोबाइल र रक्सीमाथि लागेको प्रतिबन्ध खुला गर्ने सरकारी निर्णय

काठमाडाैं । विभिन्न वस्तुको आयातमा लगाउँदै आएको प्रतिबन्ध सरकारले हटाउने निर्णय गरेको छ ।
गाडी, मोटरसाइकल र मोबाइल सहितका वस्तुको आयातमा सरकारले प्रतिबन्ध हटाउने सैद्धान्तिक निर्णय गरेको हो । मुद्राको सञ्चिति थोरै बढेको र आयात प्रतिबन्ध लम्बाउँदा भन्सार राजस्वमा कमी आएर सरकारी कोष समस्यामा पर्ने निष्कर्ष सहित आयात प्रतिबन्ध खुला बनाउने निर्णय गरिएको हो ।
सरकारले गएको वैशाखदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाउँदै आएको थियो । आयात प्रतिबन्ध हटाउन सरकारले समिति समेत गठन गरेको थियो । उक्त समितिले आयातमा प्रतिबन्ध लगाउँदा समस्या थपिदैँ जाने भएकाले आयात खुला गर्नु पर्ने सुझाब दिएको थियो ।
सरकारले १० वटा बस्तुमा आयात प्रतिबन्ध गरेको थियो भने ति मध्य ६ बस्तुको आयात भदौबाट नै फुकुवा गरेको थियाे । ५० हजार डरल भन्दा महँगो निजी चार पांग्रे गाडी, १५० सीसी माथिका मोटरसाइकल, तयारी रक्सी र तीनसय डलर भन्दा महँगो फोन आयातमा भने प्रतिबन्ध लगाउँदै आएको थियो ।
गाडी आयात प्रतिबन्धले लाखौँको रोजगारी जोखिममा, सयभन्दा बढी डिलर बन्द हुने अवस्थामा
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया