वार्षिक १२ अर्बको हस्तकलाका सामग्री निर्यात
काठमाडौं । वार्षिक रुपमा रु १२ अर्ब बराबरको हस्तकलाका सामग्री विश्व बजारमा निर्यात हुँदै आएको छ । नेपालमा उत्पादित ती सामग्रीहरू विभिन्न मुलुकमा निर्यात हुँदै आएको नेपाल हस्तकला महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार विश्वका ६० भन्दा बढी मुलुकमा वार्षिक रु १२ अर्ब मूल्य बराबरको हस्तकला निर्यात हुने गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले देशको व्यापार घाटा कम गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन हस्तकला क्षेत्रले महत्वपूर्ण योगदान गरेको दावी गरे ।
“स्वदेश तथा विदेश गरेर वार्षिक झण्डै रु २४ अर्ब बराबरको हस्तकला कारोबार हुँदै आएको छ, यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आठ लाखलाई रोजगारी प्रदान गर्दै आएको छ”, अध्यक्ष शाक्यले भने ।
उनका अनुसार नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई स्वदेश तथा विदेशी बजारमा प्रवद्र्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले आगामी मङ्सिर २३ देखि २७ गतेसम्म होटल ह्यातमा १९औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिता हुनेछ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया