एनआईसी एशिया क्यापिटलको ‘आजीवन वैदेशिक रोजगार डिम्याट खाता’
काठमाडाैं । एनआईसी एशिया क्यापिटलले वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गर्दै आजीवन डिम्याट खाता सेवा सुरु गरेको छ ।
कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुको लागि छुट्याई बाँडफाँड गर्नु पर्ने व्यवस्थालाई ध्यानमा राख्दै यस्तो योजना सुरु गरेको क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार ९९९ रुपैयाँ शुल्क एक पटक तिरेर विदेशमा रोजगारीमा गएकाहरुले आजिवन डिम्याट खाता खोल्न सक्छन् ।
वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका नेपालीहरुलाई न्यून शुल्कमा डिम्याट खाता खोलि नविकरण गर्ने झनझटबाट मुक्त गराउन ‘पे वान टाइम, फर्गट फर लाइफ टाइम’ भन्ने नाराका साथ योजना सुरु गरेको म्यापिटलले जनाएको छ ।
‘एनआईसी एशिया ९९९ वैदेशिक रोजगार डिम्याट खाता’ योजनामा सहभागL हुनेहरु र हाल साधारण खाता सञ्चालन गरेका र वैदेशिक रोजगारी खाता सञ्चालन गर्न चाहनेहरुले एक पटक ९९९ रुपैयाँ भुक्तान गरेपछि लाइफटाइमसम्म फेरी नबीकरण गर्नु नपर्ने विज्ञप्तिमा उल्लेख छ ।
उक्त योजना अन्तर्गत डिम्याट खाता खोल्नको लागि एन आई सी एशिया क्यापिटलको वेबसाइट एनआईसी एशिया क्यापिटल डटकममा जानुपर्नेछ । माग गरिएका विबरण र कागजपत्र उपलब्ध गराएपछि डिम्याट खाता तत्काल खोलिने क्यापिटलले जनाएको छ ।
लाइफ टाइम डिम्याट खाता खोल्न तथा नविकरण गर्न एनआई एशिया बैंकको थापाथली शाखामा रहेको ‘एनआईशी एशिया क्यापिटल लिमिटेड लाइफ टाइम डिम्याट” नामको ०५४४४५४४५१०२५६४३ मा वा विभिन्न भुक्तानी सेवाप्रदायकबाट ९९९ रुपैयाँ भुक्तान गर्नुपर्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया