NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

८ निर्माण व्यवसायी कालो सुचीमा

काठमाडाैं । ८ निर्माण व्यवसायीहरुलाई कालो सुचीमा राख्ने प्रक्रिया सार्वजनिक खरिद अनुगमन कार्यालयले अगाडि बढाएको छ ।

यसअघि ३० दिन भित्र कालो सुचीमा राख्नु नपर्ने कुनै कारण भए लिखित स्पष्टीकरण बुझाउन कार्यालयले पत्रचार गरेको भएपनि निर्माण व्यवसायीले त्यसको वेवास्ता गरेका थिए । सोही कारण अनुगमन कार्यालयले आज ७ दिने सुचना  पुन जारी गरेको हो ।

त्यसरी सुचना वेवास्ता गर्नेहरूगुणराज पाठकको श्री गुण निर्माण सेवा मकवानपुर, नारायणप्रसाद भट्टराईको सिरुवा/कविर/सुनकोशी जे.भी काठमाडौं, समसुल हक मियाँ धुनियाको मुस्कान सप्लायर्स, पर्सा, रोशन खड्का र रविन्द्रकुमार गौतमको अनुष्ठान कन्सट्रक्सन काठमाडौं, रुपेश घिमिरेको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एन्ड सप्लायर्स, दिनेश पौडेलको सिरुवा कन्सट्रक्सन तिनकुने, रानी कुमारी रौनियारको दिल्ली टे«डिङ पर्सा र सिताराम चौधरीको जय गढी माई निर्माण कन्स्ट्रक्सन चितवन रहेको छ ।

सरकारी ठेक्काको काम जिम्मा लिएर समयमा काम नगरेका यी कन्सट्रक्सन कम्पनिहरुलाई ८ सरकारी स्वामित्वका कार्यालयहरुले कालो सुचीमा राख्न लेखि पठाएका हुन । समयमा काम सम्पन्न नगर्ने यी निर्माण व्यवसायीहरूले  तोकिएको अवधि भर सार्वजनिक निकायको कुनै काममा सहभागि हुन पाउने छैनन् ।