NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

पुकार बमले बुझाए निर्वाचन खर्च

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र न १ का उम्मेदवार पुकार बमले निर्वाचन खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

मंगलबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा ९ लाख ५१ हजार ८ सय ६ रुपैया खर्च भएको भन्दै निर्वाचन आयोगमा खर्च विवतण बुझाएका हुन ।

निर्वाचन परिचान समितिका संयोजक सुरज गिरीका अनुसार उनले ३ लाख १६ हजार रुपैयाँ व्यक्तिगत रुपमा र ६ लाख ३५ हजार ५ सय ५ रुपैँया सहयोग बापत प्राप्त गरेका थिए ।

बम उठेको क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले जित हासिल गरेका थिए भने बमले उक्त क्षेत्रमा तेस्रो मत प्राप्त गरेका थिए ।