१ हजार ६ सय कुकुर व्यवस्थापनलाई ४० लाख खर्च
विराटनगर । १ हजार ६ सय कुकुर व्यवस्थापनका लागि विराटनगर महानगरपालिकाले ४० लाख खर्च गर्ने भएको छ । ६ महिना भित्र सम्पन्न गरी सक्नु पर्ने उक्त कामका लागि महानगरले उक्त रकम विनियोजन गरेको हो ।
कुकुरको संख्या बढ्न नदिन, बन्ध्याकरण गर्न र रेबिज विरुद्धको खोप लगाएर कुकुरको व्यवस्थापनका काम थालनी गरिएको पशुपंक्षी विकास शाखा प्रमुख शुभनारायण यादवले बताए ।
पहिलो चरणमा ४ सय, त्यसपछि बाँकी कुकुरहरुको व्यवस्थापन गरिनेछ । शाखा प्रमुख यादवका अनुसार एउटा कुकुरको बन्ध्याकरण र खोपमा मात्रै २ हजार ५ सय रुपैयाँ खर्च हुने गर्दछ ।
विराटनगर १९ मा रहेको पशुसेवा कार्यालय मार्फत पहिलो चरणको कुकुर बन्ध्याकरणको काम थालिएको हो ।
केन्द्रमा पशु विशेषज्ञबाट मेल र फिमेल कुकुरको बन्ध्याकरणको काम सुरु गरिएको हो । एनिमल केयरसँगको सहकार्यमा कुकुर व्यवस्थापनको काम सुरु गरिएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया