हुम्लामा खाद्यन्न बोकेर गएको तारा एयरको जहाजमा चरा ठोक्कियो
काठमाडौं । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सको जहाजमा चरा ठोक्किएको छ । नेपालगन्जबाट आज विहान ११ः३७ मा उडेको ९एन–एकेएल कल साइनको ट्वीनअटर जहाज हुम्ला विमानस्थलमा अवतरण गर्दा चरा ठोक्किएको हो ।
दिउँसो १ बजेतिर अदानचुली गाउँपालिकाको मुने लेकनजिकै चिल ठोक्किएको हो । चरा ठोक्किदाँ जहाजको अगाडिको भागमा क्षति पुगेको छ ।
जहाजलाई करिब १२ः३० मा हुम्ला विमानस्थलमा अवतरण गराइएको एयरलाइन्सले जनाएको छ।
हाल तारा एयरका प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेको पनि जनाइएको छ ।
जहाजमा पाइलट को–पाइलट र एयरहोस्टेजसहित तीनजनामात्रै सवार थिए । कार्गोमात्रै रहेको उक्त जहाजमा चालक दलका सबै सुरक्षित छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया