NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

राष्ट्रिय सहकारी बैंकको १९ औं प्रस्तावित वार्षिक प्रतिवेदन प्रकाशित

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आगामी पौष १६ मा हुने १९ औं वार्षिक साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष २०७८/०७९ को प्रस्तावित वार्षिक प्रतिवेदन प्रकाशित भएको छ ।

बैंकले बुधवार आफ्नो वेबसाइट मार्फत प्रतिवेदनको डिजिटल प्रति प्रकाशित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाइंले जानकारी दिए । उनका अनुसार वित्तीय प्रतिवेदन नेपाल वित्त प्रतिवेदनमान अनुसार तयार गरी प्रकाशित गरिएको बताए ।

प्रतिवेदनमा साधारणसभामा उपस्थितिको लागि पठाइएको पत्र, १९औं साधारणसभाको कार्यसूची, सञ्चालक समिति तथा लेखासुपरिवेक्षण समितिको निर्वाचनसम्बन्धी सूचना, आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित नीति तथा कार्यक्रम एवम् आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित अनुमानित बजेट, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण प्रतिवेदन रहेको छ । प्रतिवेदन बैंकको वेबसाइटhttp://www.ncbl.coop का साथै QR Code स्क्यान गरि डाउनलोड गरेर अध्ययन गर्न मिल्नुका साथै प्रतिवेदन पुस्तिका साधारणसभा स्थलमा उपलब्ध गराउने बैंकले जनाएको छ ।

साधारणसभा आगामी पुस १६ गते सात ओटै प्रदेशहरूमा सहकारी संघ/संस्थाका प्रतिनिधिहरूको भौतिक उपस्थितिमा एकै दिन सम्बन्धित प्रदेशहरूको केन्द्रमा र साधारणसभाको एकाइ बैठकका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा (केन्द्रीय)  पौष १८ गते काठमाडांैमा हुँदै छ । सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन सहितको हुने साधारणभामा २०७९ मङ्सिर ८ गते सम्म सदस्यता लिएका १५ हजार ७ सय २६ सदस्य सहकारी संघ/संस्थाहरुले मात्र सहभागिता जनाउन पाउने छन् ।

साधारणसभामा सदस्य संघ/संस्थाहरुको अधिकतम सहभागिताको अपेक्षा गर्दै साधारण सभामा उपस्थित प्रतिनिधिहरूले दिने सल्लाह/सुझाव बैंकको वार्षिक गतिविधि तथा कार्यसम्पादनमा मार्ग दर्शनको रूपमा रहने भएकोले प्रदेश अन्तर्गतका एकाइ बैठकहरूमा सक्रिय उपस्थित भई सल्लाह/सुझाव सहित साधारण सभालाई पूर्ण सफल बनाउनको लागि सम्बन्धित सहकारी संघ/संस्था तथा सरोकारवाला निकायहरूलाई समेत बैंकले अनुरोध गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष