अझै फुकुवा भएन युरोपको उडान
काठमाडाैं । युरोपलि सङ्घ इयूले नेपाली विमान माथि लाएको उडान प्रतिबन्ध नौ वर्षसम्म पनि फुकुवा गर्न सकेको छैन ।
नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) मापदण्ड तथा प्रक्रिया पूरा नगरेको र उडान सुरक्षा पालना सम्बन्धी स्थापित मापदण्ड बाहिरको काम गरेको भन्दै ईयूले नेपाललाई कालो सूचीमा राखेको थियो ।
आईकाओले नेपाललाई कालो सूचीबाट हटाइसके पनि ईयूले भने नेपाली विमान युरोपेली भूमिमा उडाउन प्रतिबन्ध लगाइरहेको हो । प्रतिबन्ध हटाउन गत असोजमा ईयूको अनुसन्धान टोली नेपाल आएर अध्ययन गरेको थियो ।
तर हटाउने या नहटाउने भन्नेबारे अझै टुङ्गो लागेको छैन । नागरिक उड्ययन महाशाखाका प्रमुख बुद्धि सागर लामिछानेले अबको ६ महिना भित्र नेपाली हवाइ युरोपमा उड्न सक्ने सम्भावना रहेको बताए ।
प्रतिबन्ध फुकुवा भएमा उडानका लागि तयार रहेको नेपाल वायु सेवा निगमले जनाएको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया