ओलीले के मा खर्च गरे १८ लाख ?
झापा । झापा क्षेत्र न ५ एमालेटबाट प्नतिनिधि सभा सदस्यमा निर्वाचित केपी शर्मा ओलीले आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय झापामा मंगलबार ओलीले आफ्ना प्रतिनिधिमार्फत खर्च विवरण बुझाएका हुन् । ओलीले चुनावी खर्च विवरणमा १८ लाख ८२ हजार ५० रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् ।
उक्त रकम प्रचार सामाग्री छपाइ, यातायात, खाजा खाना, सम्पर्क कार्यालय स्थापना लगाएको शीर्षकमा खर्च गरेको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय झापाका सुचना अधिकारी प्रकाश न्यौपालेले बताए ।
झापा क्षेत्र नम्बर ५ मा ३१ लाख रुपैयाँसम्म चुनावमा खर्च गर्न पाउने प्रावधान थियो । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारहरुले आफ्नो खर्च विवरण बुझाइसक्नु पर्ने प्रावधान छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया