सिटी एक्सप्रेसको चाडपर्वलक्षित योजनाका विजेतालाई उपहार हस्तान्तरण
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं-तिहार-छठ पर्वको अवसर पारेर सञ्चालन गरेको ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजनाका विजेतालाई उपहार हस्तान्तरण गरेको छ । काठमाडौं स्थित होटल अलफ्टमा विशेष कार्यक्रमको आयोजना गरी विजेतालाई उपहार हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीलाई ५ तोला सुन, यूकेबाट रेमिट्यान्स पठाउने नुना गुरुङलाई १ तोला सुन, कोरियाबाट रेमिट्यान्स पठाउने रिनाकुमारी तामाङलाई १ तोला सुन, मलेसियाबाट रेमिट्यान्स पठाउने पुरण रोकालाई १० तोला चाँदी, जापानबाट रेमिट्यान्स पठाउने रवीन्द्र मानन्धरलाई १० तोला चाँदी, कुवेतबाट रेमिट्यान्स पठाउने सुनिता दराईलाई १० तोला चाँदी उपहार स्वरुप हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकका प्रमुख खालेद अल ब्राहिम, नायिका पूजा शर्मा, नेपाल इन्भेस्ट्मेन्ट बैंकका उपमहाप्रबन्धक बिजेन्द्र सुवाल लगायतको उपस्थिति रहेको थियो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत १५ भदौमा २०७९ सालको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ६३ दिनसम्म चल्ने उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजना रहेको थियो ।
जसअन्तर्गत १ हजार ८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर) , ९ जनाले साप्ताहिक उपहार (१०/१० तोला चाँदी ) र २ जनाले मासिक उपहार (१/१ तोला सुन) जित्न सफल भएका थिए । उक्त योजना भदौ १५ देखी कार्तिक १५ गते सम्म चलेको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया