नेपालद्वारा स्कटल्याण्डसमक्ष १ सय २० रनको लक्ष्य प्रस्तुत
काठमाडाैं । विश्वकप क्रिकेट लिग टूको त्रिदेशीय सिरिज अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई १ सय २० रनको लक्ष्य दिएको छ ।
नामिबियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ३ बलमा अलआउट हुँदै १ सय १९ रन मात्र बनायो ।
नेपालका कप्तान रोहित पौडेलले सबैभन्दा धेरै ४७ रन बनाउनुभयो । सिरिजमा दुबै देश चौथो खेल खेल्दैछन् ।
तेस्रो खेलमा स्कटल्याण्ड र नेपाल नामिबियासँग पराजित भएका थिए ।
शृंखलामा नेपाल, नामिबीया तथा स्कटल्याण्ड सहभागी छन् । ७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अङ्कसहित छैठौं स्थानमा छ भने स्कटल्याण्ड भने ३१ खेलमा ४४ अङ्कका साथ पहिलो स्थानमा रहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया