NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

राहदानी फाराम नि: शुल्क

रामेछाप । राहदानी लिन आवश्यक पर्ने अनलाइन आवेदन भर्दा सर्वसाधारण ठगिन थालेको भन्दै जिल्ला प्रशाससन कार्यालय रामेछापले कार्यालयमै नि: शुल्क फाराम भर्ने व्यवस्था मिलाएको छ ।

बाहिर फाराम भर्न अनुचित रकम लिएको गुनासो आएपछि कार्यालयले आइतबारदेखि आफ्नै कार्यालयमा डेस्क राखेर नि: शुल्क फाराम भरिदिन थालेको हो ।

अनलाइनका लागि राहदानी फाराम भर्दा ३ सयदेखि १ हजारभन्दा बढीसम्म लिएको गुनासो प्रशासनमा पुगेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमेरेका अनुसार बाहिरबाट भरेर आउने फारामलाई अब कार्यालयले स्वीकार गर्दैन् । कार्यालयको एउटै डेस्कमा काम गर्दा केही समय प्रतिक्षा गर्नुपर्ने भए पनि पैँसा नतिरी सेवा उपलब्ध गराउने उनले बताए ।

कार्यालयले बाहिरबाट भनेर ल्याएकाे फाराम अस्वीकार गर्न थालेपछि राहदानीको काम लिन यसअघिको भन्दा बढी समय लाग्न थालेको छ । केहि दिनदेखि कार्यालयमा भीड बढेको छ । प्रशासन कार्यालयको डेस्कमा अनलाइन फाराम नि: शुल्क पाए पनि सर्वसाधारणराजस्व भौचर भर्न र फोटोकपी लगायत कामका लागि बजारमै पुग्नुपर्ने बाध्यता छ ।

फाराम भर्ने काम खोसिएपछि व्यवसायीले राजस्व भौचर भर्दा पनि सर्वसाधारणबाट बढी पैँसा लिन लिन थालेका छन् । केही व्यवसायीले विद्युतीय माध्यमबाट राजस्व जम्मा गरिदिने र त्यस्तो कागज बैंकमा पु-याएर प्रमाण्ति गराउन थालेका छन् । उक्त कार्यका लागि पनि एक सय रुपैयाँ लिन थालेको गुनासो सर्वसाधारणको छ ।

जिल्ला प्रशासन कार्यालयको भने सर्वसाधारण लागि सहज सेवा उपलब्ध गराउन अर्को डेस्कसमेत थप्ने तयारी थालेको छ । यसअघि प्रशासनमा पेस गर्ने विभिन्न निवेदन र अनुसूची प्रशासन आफैँले छापेर नि शुल्क दिँदै आएको थियो ।