माया खोलाको आइपीओ निष्काशन
काठमाडौं । माया खोला हाइड्रोपावरले आजबाट आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले १० लाख रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो । जसमध्ये, अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नम्बर ८ र ९, धर्मदेवी नगरपालिका वडा नं. ३, ४ र ५ तथा मादी नगरपालिका वडा नं. ४ र ६ का स्थानीयले ६ लाख कित्ताकाे लागि आवेदन दिन सक्ने कम्पनीले जनाएकाे छ ।
यसैगरी, प्रभावित क्षेत्र चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयले भने ४ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।सर्वसाधारणमा निष्काशन हुने २४ लाख कित्ता सेयरमध्ये १०५ अर्थात २ लाख ४० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने छन्।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले उल्लेख गरेकाे छ । आवेदकहरुले पुस ८ गतेसम्म आइपीओ भर्न सक्नेछन् भने स्थानीयका लागि भने सम्पूर्ण सेयरमा आवेदन नपरेमा पुस २४ गतेसम्म बिक्री खुला रहने छ ।
आइपीओमा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया